अस्थिर प्रचण्ड रोल्पा, काठमाडौँ, सिराहा, चितवनहुँदै गोरखा पुगे

अस्थिर प्रचण्ड रोल्पा, काठमाडौँ, सिराहा, चितवनहुँदै गोरखा पुगे

काठमाडौँ : २०६४ सालमा रोल्पा–२  र काठमाडौँ–१० वाट निर्वाचित भए पुष्पकमल दाहाल प्रचण्ड। २०७० को निर्वाचनमा उनी काठमाडौँ–१० वाट पराजित भए तर सिराहा–५ बाट शङ्कास्पद विजयी भए।

उनी २०७४ मा चितवन–३ गए र भएका थिए। अब उनी गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने भएका छन्।

पार्टीले उनलाई चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रचण्ड गोरखा जाने भएपछि बाबुराम भट्टराई प्रत्यक्ष निर्वाचनबाट पछि हटेका थिए। 
प्रचण्डकी छोरी तथा भरतपुर महानगरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमा  'दुखद: चितवनवासीका लागी दुर्भाग्य। स्तब्ध , भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ' लेखेकी थिइन्।

चितवन जिल्लाका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेपछि उनी हच्किएका थिए।

असोज २१, २०७९ शुक्रबार २२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।