भीम रावल र घनश्याम भुसालले पाएनन् टिकट, योगेश र अष्टलक्ष्मीलाई पक्का

काठमाडौं : एमालेले भीम रावल र घनश्याम भुसाललाई टिकट नदिने भएको छ।
शुक्रबार एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारको नामावली टुंग्याउँदा यी तीन नेताको नामा समावेश नगरिएको हो।
रावल अछाम–१ बाट टिकटको लागि सिफारिस भए पनि अध्यक्ष ओलीले उनलाई टिकट नदिएर झपट बोहरालाई टिकट दिएको हो। अछाम–१ बाट रावलको नाम एकल सिफारिस भएको थियो।
त्यसैगरी रुपन्देही–३ बाट घनश्याम भुसालको नाम सिफारिस भए पनि उनको स्थानमा छविलाल विश्वकर्मालाई टिकट दिन लागिएको एमालेनिकट स्रोतले बतायो।
यस्तै, योगेश भट्टराईले ताप्लेजुङबाट टिकट पाउँदा दाङ–३ बाट कोमल वलीले टिकट पाएकी छन्। काठमाडौं–८ बाट अष्टलक्ष्मी शाक्य, काठमाडौं–६ पूर्व आईजी सवेन्द्र खनालले टिकट पाए।
नेकपा फुटेपछि रावल, भुसाल, भट्टराई र शाक्य अध्यक्ष ओलीइतर पक्षमा गएका थिए। माधवकुमार नेपाल पक्षले अर्को पार्टी खोल्न लागेपछि अन्तिममा १० बुँदे सहमति गरेर उनीहरू एमालेमै रहेका हुन्।
असोज २१, २०७९ शुक्रबार २०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।