एमालेले टुङ्ग्यायो काठमाडौंको आठ उम्मेदवार, नयाँ अनुहार बढी

एमालेले टुङ्ग्यायो काठमाडौंको आठ उम्मेदवार, नयाँ अनुहार बढी

काठमाडौं : एमालेले काठमाडौंको प्रतिनिधि सभाको१० मध्ये ८ क्षेत्रको उम्मेदवार टुङ्ग्याएको छ। अधिकांश उम्मेदवार नयाँ छन्।

काठमाडौं-१ मा किरण पौडेल, २ मा मणिराम फुयाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा सर्वेन्द्र खनाल, ८ मा  अष्टलक्ष्मी शाक्य र ९ मा कृष्णगोपाल श्रेष्ठ उम्मेदवार तय भएको छ।

क्षेत्र नम्बर ७ र १० मा भने उम्मेदवार तोकिएको छैन। १० मा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने प्रयास भइरहेको एमाले स्रोतको दाबी छ।

असोज २१, २०७९ शुक्रबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।