घरेलु टाेलीसँग नेपालकाे लज्जास्पद हार, भियतनाम ५-० ले विजयी

काठमाडौं : १७ वर्षमुनिको एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।
भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा शुक्रबार भएको खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हारको सामना गरेको हो।
भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे। पहिलो हाफमा ४–० ले पछि परेको नेपाललाई खेलको इन्जुरी समयमा थप एक गोल खायो।
हारसँगै नेपालको यू–१७ एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ। यसअघि, छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो। भियतनामको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो।
छनोट अन्तर्गत अब नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन्।
असोज २१, २०७९ शुक्रबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।