निरन्तरको वर्षाले नरैनापुरका मात्रै २०० घरमा पूर्ण क्षति, छ हजार स्थानीय प्रभावित

निरन्तरको वर्षाले नरैनापुरका मात्रै २०० घरमा पूर्ण क्षति, छ हजार स्थानीय प्रभावित

बाँके : मंगलबारदेखिको निन्तर वर्षाका कारण नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएका छन्।

गाउँपालिकामा दुई सय घर पूर्ण रूपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएको गाउँपालिकाका सूचना अधिकारी एवं विपद् शाखा प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिए।

बाढी र डुबान पीडितका लागि तत्काल खाद्यान्नको आवश्यकता भएकाले उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष इश्तियाक अहमद शाहले बताए।

शुक्रबार बाढी पीडितहरूसँग भेटगरी पालिकाका तर्फबाट आवश्यक राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष शाहले सतर्कता अपनाउन आग्रह गरेका छन्।

असोज २१, २०७९ शुक्रबार २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।