‘बिबाद बढ्दै गएपछि बुवाले खुकुरी निकालेर छोरा छप्काए´

‘बिबाद बढ्दै गएपछि बुवाले खुकुरी निकालेर छोरा छप्काए´

धनकुटा : आफ्नै छोराको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

३० वर्षीय सन्तोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका–९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

घरायसी बादविवादमा उपेन्द्रले सन्तोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ।

उनलाई खुकुरी सहित प्रहरीले पक्रेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज २१, २०७९ शुक्रबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।