हिन्दी भाषा मिसिएकाे विश्वकप २०२२ को गीत सार्वजनिक

काठमाडौं : कतारमा हुने विश्वकप फुटबल २०२२ को गीत सार्वजनिक भएको छ।
फिफाले सार्वजनिक गरेको गीतमा बाल्क्वीज फाती, नोरा फतेही, रहमा रेड र रेडवान देखिएका छन्।
४ मिनेट १८ सेकेण्ड लामो ‘लाइट द स्काइ’ बोलको गीत यस विश्वकपको थिम गीत हो। यो गीत अंग्रेजी, मोरक्कोन र हिन्दी गरि तीन भाषा मिसिएको छ।
विश्वकपले हरेक संस्करणमा आफ्नो थिम गीत निकाल्दै आएको छ।
असोज २१, २०७९ शुक्रबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।