प्यूठानमा घर बगाउँदा ६ जना बेपत्ता, तीन घण्टासम्म पुगेन उद्धार टोली

प्यूठानमा घर बगाउँदा ६ जना बेपत्ता, तीन घण्टासम्म पुगेन उद्धार टोली

बुटवलः प्यूठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन्।

माण्डवी गाउँपालिका–४ मा गएको पहिरोले २ घरका ६ जना बेपत्ता भएको वडा अध्यक्ष डिलबहादुर घर्तीमगरले जानकारी दिए।

पहिरोमा बमबहादुरका श्रीमती, टेकि मगर, मौसम थापा, हिरा  बहादुर थापा र तुसान मगर रहेको वडा अध्यक्ष घर्ती मगरले बताए।

सडक अवरुद्ध भएका कारण करिब ३ घन्टासम्म उद्धारको टोली घटनास्थल पुग्न नसकेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

असोज २१, २०७९ शुक्रबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।