जसपा बालुवाटार बैठकबाट बाहिरिएपछि गठबन्धनमा लोसपा भित्रियो

काठमाडौं : जनता समाजवादी पार्टी पाँच दलीय गठबन्धनभन्दा एमालेसँग नजिक भएपछि लोकतान्त्रिक समाजवादी पार्टी बालुवाटार बैठकमा प्रवेश गरेको छ।
जसपाका नेताहरू बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठक छाडेर बालकोटको एमाले बैठकमा सहभागी हुन थालेपछि शुक्रवार बालुवाटार बैठकमा सहभागी भएको हो।
गठबन्धनले १६ सिट मात्र दिने भएपछि जसपा एमालेसँग तालमेल गर्न वार्तामा बसेको हो। एमालेसँग २५ सिटबाट बार्गेनिङ सुरु गरेको जसपालाई २० देखि २२ सिट दिन एमाले राजी देखिन्छ।
तर कतै गठबन्धनले सिट सङ्ख्या बढाउँछ कि भन्ने आसमा एमालेसँग लिखित सहमति भने गरिसकेको छैन। जसपा गठबन्धनमा बस्दा टिकट नपाउने त्रासमा यो बिचमा एमालेमा गएका जसपा नेता एमालेसँग सहमति हुने भएपछि पार्टीमा फर्कन थालेका छन्।
असोज २१, २०७९ शुक्रबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।