एमाले नेतृ गंगा चौधरीले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी, दाङ–१ बाट लड्ने

एमाले नेतृ गंगा चौधरीले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी, दाङ–१ बाट लड्ने

काठमाडौं : एमाले नेतृ गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्।

दाङ–१ को उम्मेदवार बन्न खोजेकी उनले सो क्षेत्रबाट शान्ता चौधरीलाई पार्टीले उठाउन लागेको चाल पाएपछि शुक्रबार फेसबुकबाट स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन्।

चौधरीले लेखेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन्। देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन्।

असोज २१, २०७९ शुक्रबार १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।