पहिलो खेलमा थाइल्यान्डसँग हारेको नेपालले आज भियतनामको सामना गर्दै

पहिलो खेलमा थाइल्यान्डसँग हारेको नेपालले आज भियतनामको सामना गर्दै

काठमाडौंः १७ वर्षमुनिको एसिया कप छनोटअन्तर्गत शुक्रबार नेपालले घरेलु टोली भियतनामको सामना गर्दैछ।

भियतनाममा जारी छनोटको दोस्रो खेलमा नेपालले आयोजक टिमको सामना गर्न लागेको हो। खेल नेपाली समयअनुसार साँझ पाैने ६ बजे हुनेछ।

छनोटको लक्ष्यसहित गएको नेपालली टिमले पहिको खेलमा थाइल्यान्डसंग ३–० ले पराजित भइसकेको छ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्ध खेल्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याकमा खेल्ने बताएका छन्।

मुख्य प्रशिक्षक श्रेष्ठले भियतनामको पासिङ गेमलाई अवरोध पुर्याउन नेपाली खेलाडीले पनि अनुशासित भएर रक्षात्मक खेलुपर्ने बताए।

नेपाली टिमका कप्तान प्रशान्त लक्षम पनि अत्यधिक गर्मीका बाबजुद दिउँसो खेल्नु परेकाले थाइल्यान्डसँग सोचे जस्तो खेल देखाउन नसकेको बताउँछन्।

असोज २१, २०७९ शुक्रबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।