कांग्रेसले यसवर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान नगर्ने भएको छ।
२०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने गरेकोमा यसवर्ष नगर्ने भएको हो।
अगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपरेकाले चियापान कार्यक्रम नगरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
असोज २१, २०७९ शुक्रबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।