राति तीन बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग दश बजेदेखि सुचारु

राति तीन बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग दश बजेदेखि सुचारु

बुटवलः सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड १० बजेदेखि सुचारु भएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार विहान ३ बजेदेखि उक्त सडक अवरुद्ध भएको थियो।

पाल्पाको भालेबासमा पहिरो जाँदा अवरुद्ध बनेको सडक स्काभेटरले पहिरो फालेपछि १० बजेदेखि सुचारु भएको हो।

सडक सुचारु भएसँगै रातिदेखि अलपत्र यात्रुहरू गन्तव्यमा हिँडेका छन्।

अहिले पनि पानी परिरहेकाले हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

असोज २१, २०७९ शुक्रबार १२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।