निनाउ नदीले तटबन्ध नै बगायो, ९ परिवार विस्थापित

निनाउ नदीले तटबन्ध नै बगायो, ९ परिवार विस्थापित

बुटवल : अविरलको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा तटबन्ध नै बगाएको छ।

बुटवल–११ बुद्धनगर शिवालय टोलमा बनाइएको तटबन्ध र पर्खाल तिनाउ नदीले बगाएको वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द क्षेत्रीले जानाकारी दिए।

सो स्थानमा गत वर्ष पनि बाढीले क्षति पुर्याएको थियो। क्षतिपछि स्थानीय तहले ६० मिटरको तटबन्ध लगाएको थियो। तर, बिहीबार राति त्यहाँ लगाइएको ५० मिटर तटबन्ध बगाएको हो। 

तटबन्ध बगाएपछि त्यहाँका ९ घर परिवार विस्थापित भएका छन्। उपमहानगरपालिकाको पहलमा उनीहरूलाई बुद्धनगरमै रहेको सहिद स्मारक विद्यालयमा आश्रयका लागि राखेको वडाध्यक्ष क्षेत्रीले बताए।

असोज २१, २०७९ शुक्रबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।