रोकिराखेको अटोमा मोटरसाइटल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

रोकिराखेको अटोमा मोटरसाइटल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

उदयपुरः जिल्लाको त्रियुगा नगरपालिका–३ मिलन चोकमा रोकिराखेको अटोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ४३ वर्षीया तुलसीकुमारी श्रेष्ठ रहेकी छन्। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकल चालक र अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

जलजलेबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १ ०५ ००१ प २१८६ नम्बरको मोटरसाइकल बिहीबार बेलुकी पौने ७ बजे रोकिराखेको स १ ह २०६७ नम्बरको अटोमा ठोकिएको हो।

अटो चालकलाई अस्थाई प्रहरी पोष्ट बगाहा उदयपुरले नियन्त्रणमा लिएको छ।

असोज २१, २०७९ शुक्रबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।