विहान तीन बजे पहिराे खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवलः लगातारको वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार विहान ३ बजे पाल्पाको भालेबासमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा दशैंको टीका लगाएर फर्कनेहरू बीच बाटोमै अलपत्र परेका छन्। राती पहिरो लगएकाले अहिले विहान मात्र बाटो खुलाउन प्रयास भएको प्रहरीले बताएको छ।
चट्टान सहित झरेको पहिरो हटाउन केही समय लाग्ने भएकाले बुटवल–तानसेन सडक यात्रा गर्दा वैकल्पिक सडक प्रयोग गर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ।
असोज २१, २०७९ शुक्रबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।