थप ११ जनामा कोरोना संक्रमण, देशभर ६८५ सक्रिय संक्रमित

काठमाडौं : नेपालमा थप ११ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
३ सय २८ जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् भने देशभर ६८५ सक्रिय संक्रमित छन्।
योसँगै देशभर संक्रमितको संख्या ९ लाख ९९ हजार ८४९ रहेको छ भने निको भएकाहरू ९ लाख ८७ हजार १४६ जना छन्।
त्यस्तै कोरोनाकै कारण हालसम्म १२ हजार १८ जनाको ज्यान गएको छ।
असोज २०, २०७९ बिहीबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।