बारामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु, ३५ जना घाइते

बाराः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ।
चितवनको नारायणगढबाट वीरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा ३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए। गम्भीर घाइेतेको तीन जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
घाइतेको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ।
असोज २०, २०७९ बिहीबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।