मामाघरमा भएका छोराछोरी लिन जाँदा खोलाले बगायो, एक पुरुषको मृत्यु

मामाघरमा भएका छोराछोरी लिन जाँदा खोलाले बगायो, एक पुरुषको मृत्यु

दाङ : दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

मामाघरमा भएका छोराछोरीलाई लिन ससुरालीमा जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–१५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको हो।

बुधबार खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव बिहीबार विहाा घटनास्थलदेखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बीरबहादुर वलीले जानकारी दिए।

यसैगरी गुर्जे खोलाले बगाउँदा बेपत्ता भएका ५५ वर्षीय कल्लु चौधरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

असोज २०, २०७९ बिहीबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।