मामाघरमा टीका थाप्न जाँदा स्कुटर दुर्घटना, अखिल नेतृ झरनाको मृत्यु

मामाघरमा टीका थाप्न जाँदा स्कुटर दुर्घटना, अखिल नेतृ झरनाको मृत्यु

बुटवल: अनेरास्ववियू रुपन्देहीकी सहसचिव २१ वर्षीया झरना चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दशैंको दिन हिजो साँझ घरबाट टीका लगाएर मामाघर जाँदै गर्दा उनको रुपन्देहीको धकधइमा दुर्घटनामा परी मृत्यु भएको हो।

लु४१प ९८७ नम्बरको स्कुटीमा सवार उनलाई लु१ज २८५३ नम्बरको कारले ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। उपचारका लागि भीम अस्पताल पुर्याइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्याम अर्यालले बताए।

चौधरी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ कि एमालेकी वडासचिव समेत हुन्।

तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी परिवारसहित लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा बस्दै आएकी थिइन्।

असोज २०, २०७९ बिहीबार १०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।