सुरुङ मार्गको पहिरोले थानकोटसम्म जाम, बाटो एकतर्फी

काठमाडौं : सुरुङ मार्गमा आएको पहिरोले सडक अवरुद्ध हुँदा थानकोटसम्म जाम भएको छ। सुरुङ मार्गका लागि बढाएको बाटोमा पहिरो खस्दा दुवैतर्फको बाटो अवरुद्ध भएको हो।
जाम थानकोटसम्म आइसकेको छ। २ घन्टा पुरै अवरुद्द भएको बाटो एकतर्फी खुलेको छ। तर सवारी चापका कारण बाटो सहज बन्न सकेको छैन।
सडक अवरुद्दहुँदा दशैँ मान्न काठमाडौं भित्रिने र बाहिरिने बाटैमा अड्किएका छन्।
असोज २०, २०७९ बिहीबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।