लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिङ सडक पनि अवरुद्ध

लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिङ सडक पनि अवरुद्ध
साङ्केतिक तस्बिर

काठमाडौं: देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो खस्दा अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा पनि पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।

भरतपुर महानगरपालिका–२९ स्थित सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो।

योसँगै नारायणगढ–मुग्लिङ सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन्। सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ।

असोज २०, २०७९ बिहीबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।