आफ्नो पक्षकालाई उम्मेदवार बनाउने रणनीति बनाउन कोइराला समूहको भेला

आफ्नो पक्षकालाई उम्मेदवार बनाउने रणनीति बनाउन कोइराला समूहको भेला

काठमाडौं : पार्टी नेतृत्वलाई समानुपातिक सुची सच्याउन बाध्य बनाएको कांग्रेस संस्थापनइतर पक्षधर शेखर कोइराला समूहले प्रत्यक्षतर्फ आफ्नो समूहको उम्मेदवार छान्न भेला बोलाएको छ।

शेखर कोइराला पक्षले आज बिहीबार दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो।

भेलाको उद्देश्य संशोधित समानुपातिक सूचिको समीक्षा र आफ्नो समूहबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनाउनु पर्नेको नाम सङ्कलन गर्ने रहेको कोइराला समूहका एक नेताले बताए।

भेलामा गठबन्धन दलको मागको समीक्षा र आगामी दुवै तहको निर्वाचनमा आफ्नो समूहको रणनीति निर्माणबारे छलफल गर्ने तयारीमा कोइराला पक्ष देखिएको छ।

कोइराला समूहले दुवै तहको निर्वाचनमा पार्टीमा ४० प्रतिशत भाग मागिरहेको छ।

असोज २०, २०७९ बिहीबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।