बिहीबारको मौसम: सबै प्रदेशका विभिन्न स्थानमा भीषण वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका सबै प्रदेशका विभिन्न स्थानमा भीषण वर्षा हुने जनाएको छ। हाल नेपालमा दक्षिण-पश्चिम बङ्गालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
यतिबेला बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, बागमती, मधेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भीषणदेखि धेरै भीषण वर्षाको सम्भावना रहेको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै र गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भीषणदेखि धेरै भीषण वर्षाको सम्भावना छ।
असोज २०, २०७९ बिहीबार ०७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।