चार दिन बाँकी हुँदा पनि पाँच दलमा कुरा मिलेन

चार दिन बाँकी हुँदा पनि पाँच दलमा कुरा मिलेन

काठमाडौँ : निर्णायक भनिएको पाँच दलको बैठक मूल समस्यामै प्रवेश नगरी सकियो। बुधवार दशैंको टिकाको दिन पनि पाँच दलको बैठक बसेको थियो।

एकल र सामूहिक छलफलमा नेताहरू बसे पनि निष्कर्ष भने निस्किएन। बुधवारको बैठकको उपलब्धी बिहीबार पुन बस्ने सहमति हुनु मात्र भयो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबिच छुट्टै छलफल भएको थियो। तैपनि बैठकमा सहमति हुन सकेन।

बुधवारको गठबन्धनको बैठकले अर्को बैठक बिहीबार बिहान ९ बजेका लागि बोलाएको छ। बुधवारको बैठकमा जसपा र एकीकृत समाजवादी आफ्नो अडानबाट पछि हटेनन्। कांग्रेस र माओवादी केन्द्रले सहमतिको प्रयास गरे पनि सफल भएनन्।

गठबन्धनले १६५ प्रतिनिधि सभाको र ३३० प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँड्नुपर्नेछ।

कांग्रेसले ८७, माओवादी केन्द्रलाई ४५ ४६, एकीकृत समाजवादीलाई १७, जसपालाई १४"र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने प्रस्ताव आएको छ। तर २ दलले मानेका छैनन्।

निर्वाचन आयोगले तोकेको मनोनयनको दिन असोज २३ गते आउन ४ दिन मात्रै बाँकी छ।

असोज १९, २०७९ बुधबार २३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।