एमाले अध्यक्षले आफ्नै घरमा शुभेच्छुकहरूलाई टीका लगाइदिँदै

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैँमा सर्वसाधारणलाई टीका लगाउन थालेका छन्।
उनले बालकोटमा रहेको आफ्नै निवासमा आउने आम नागरिक, समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका हुन्।
उनको निवासमा एमाले नेता, समर्थक र पार्टी कार्यकर्ता आउन थालिसकेका छन्। प्रधानमन्त्रीको रूपमा पनि उनले सरकारी निवासमा टीका लगाइदिएका थिए।
आज राष्ट्रपति विद्या भण्डारीले पनि सर्वसाधारणलाई टीका लगाइदिँदै छिन्। पूर्व राजा ज्ञानेन्द्र शाहले भने टीका नलगाउने भएका छन्।
असोज १९, २०७९ बुधबार १२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।