यसपालि हिले दशैं: यी प्रदेशमा भीषणदेखि अति भीषण वर्षा हुँदै

यसपालि हिले दशैं: यी प्रदेशमा भीषणदेखि अति भीषण वर्षा हुँदै

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका विभिन्न स्थानमा भीषणदेखि अति भीषण वर्षा हुने जनाएको छ।हाल नेपालमा दक्षिण-पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

यतिबेला प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका केही, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भीषणदेखि धेरै भीषण वर्षाको सम्भावना छ। मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भीषणदेखि धेरै भीषण वर्षाको सम्भावना रहेको छ।

दशैंको बेला वर्षा हुने र बाटो हिलाम्ये हुने अवस्थालाई नेपाली समाजमा हिले दशैं भनिने गरिन्छ।

असोज १९, २०७९ बुधबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।