आज विजयादशमी, ११ बजेर ५१ मिनेटको साइत

आज विजयादशमी, ११ बजेर ५१ मिनेटको साइत

काठमाडौं: नेपालीहरूको महान् चाड दशैंको आज अन्तिम दिन विजयादशमी। आज टीका थाप्ने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

घटस्थापनादेखि सुरु हुने बडादशैंको आज सबैभन्दा महत्त्वपूर्ण दिन हो। नौ दिन नवरात्रभर नवदुर्गाको पूजा आराधनासँगै आज १०औं दिन परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका, जमरा र आशिर्वाद थापेर मनाइने गरिन्छ।

दशमीको दिन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने चलन रहेको छ।

असोज १९, २०७९ बुधबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।