अहिले राति देशका यी स्थानमा चट्याङसहित भारी वर्षा हुने

काठमाडौंः दशैंको नवमीको साँझ देशको दक्षिण पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर सामान्यदेखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, विजया दशमीको दिन देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा प्रदेश १ र मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज १८, २०७९ मंगलबार २१:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।