आयाेगले सार्वजनिक गर्याे प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम, असाेज २६ गते चुनाव चिन्ह प्रदान गर्ने

काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र असोज २३ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ।
मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची त्यसै दिन ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ भने उम्मेदवारको विरोधमा उजुरी दिन असोज २४ गते सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ।
मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने प्रक्रियाका लागि आयोगले असोज २४ गते अपराह्न ३ बजेदेखि २५ गते अपराह्न ५ बजेसम्मको समय निर्धारण गरेको छ।
जाँचबुझ गरी निर्णय गरेपछि असोज २५ गते अपराह्न ५ देखि साँझ ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।
यस्तै, असोज २६ गते नै दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने त्यसै दिन ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।
असोज १८, २०७९ मंगलबार २१:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।