प्रचण्डलाई चितवनको क्षेत्र नछाड्न गठबन्धन दलका नेताको आग्रह

चितवन : सत्ता घटक पाँच दलीय गठबन्धनका जिल्ला नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनको निर्वाचन क्षेत्र नछाड्न आग्रह गरेका छन्।
प्रचण्ड चितवन-३ को साटो गोरखाबाट उम्मेदवार बन्ने तयारीमा छन्। नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी, माओवादी अनि जनमोर्चा चितवनका अध्यक्षहरूले गठबन्धनका उम्मेदवार जिताउने भन्दै उनलाई निर्वाचन क्षेत्र नछाड्न आग्रह गरेका हुन्।
कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मङ्गलवार भरतपुरमा गठबन्धनको बैठक बसेको थियो। बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको थियो।
बैठकले मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको सङ्घीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरेको थियो।
असोज १८, २०७९ मंगलबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।