दशैंमा मापसे गरेर सवारी चलाउने १६२ जना कारबाहीमा

दशैंमा मापसे गरेर सवारी चलाउने १६२ जना कारबाहीमा

काठमाडौं: ट्राफिक नियम उल्लङ्घन गर्ने ७४८ जना चालकहरूलाई हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मदिरा पिएर सवारी साधन चलाउने १६२ जना चालकलाई हिजो कारबाही गरिएको हो।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ६७ जना, एकतर्फी सडकमा सोविपरीत चलाउने ४४ जना, फुटपाथमा पार्किङ गर्ने ४३ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २३ जनालाई पनि कारबाही गरिएको छ।

यसका साथै हर्नको अनावश्यक प्रयोग गर्ने १७ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने २२ जना र रातो बत्तीको उल्लङ्घन गर्ने १८ जना चालक कारबाहीमा परेका छन्। क्षमताभन्दा बढी यात्रु राख्ने ११ जना चालकहरू पनि कारबाहीमा परेका छन्।

असोज १८, २०७९ मंगलबार १०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।