वर्षभरिमा आजको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

वर्षभरिमा आजको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौं: वसन्तपुर दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। वर्षभरिमा आज एक दिन मात्र खुल्ने यस मन्दिर बिहानैदेखि भक्तजनको भीड लागेको हो।

वर्षभरिका अरू दिन यस मन्दिरमा सर्वसाधारण प्रवेश गर्न पाउँदैनन्। तलेजु भवानी तत्कालीन समयमा मल्ल राजाहरूको इष्ट देवी हुन्।

यसअघि फूलपातीकै दिन तलेजु भवानीलाई हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो। अब विजयादशमीको दिन मात्र तलेजु भवानीलाई मूल मन्दिरमा फर्काइने छ।

तलेजु भवानीको मन्दिरमा पुजारी बाहेक अरूले देवीको दर्शन गर्न नहुने धार्मिक मान्यता रहिआएको छ। अरूले हेर्न नहुने मात्रै होइन, देवीको स्वरूप कस्तो छ भन्ने कुरा अरूसँग वर्णन समेत गर्न नहुने मान्यता छ।

असोज १८, २०७९ मंगलबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।