कोरोनाका ३५ विरामी थपिए

काठमाडौं : देशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ४४९ नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यस अवधिमा ६५ जना बिरामी संक्रमणमुक्त हुँदा देशभरका विभिन्न स्थानमा १ लाख ७६ हजार ५५९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।
देशभर ८५० जना कोरोनाका सक्रिय संक्रमित छन्।
असोज १७, २०७९ सोमबार २०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।