दशैंको अष्टमीको मौसम: प्रदेश १ र बागमतीका केही स्थानमा वर्षा हुने

दशैंको अष्टमीको मौसम: प्रदेश १ र बागमतीका केही स्थानमा वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा वर्षा हुने जनाएको छ। हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असोज १७, २०७९ सोमबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।