दशैंको मुखमा एकै दिन ८ जना मृत भेटिए

काठमाडौंः दशैंको पष्ठी र फुलपातीको दिन ८ जना मृत अवस्थामा भेटिएका छन्।
पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ८ जना मृत अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दाङको दंगीशरण गाउँपालिका–६ थपगाउँस्थित बाटोमा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर डाँगी शनिबार मृत अवस्थामा फेला परेका छन्।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–६ स्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २९ वर्षीया सरिता पौडेल रेग्मी शनिबार मृत अवस्थामा फेला परेकी छन्।
डोटीको शिखर नगरपालिका-६ स्थित लुवाखडि खोलामा सोही नगरपालिका देतडा बस्ने ४० वर्षीय अम्मर मल्ल शनिबार मृत अवस्थामा फेला परेका छन्।
मकवानपुरको बकैया गाउँपालिका–६ घट्टेपाखा दमारस्थित माछापोखरीमा सोही गाउँपालिका सानिसुदा बस्ने ४७ वर्षीय राजेन्द्र भोकल आइतबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारीस्थित जंगलको बाटोमा ईटहरी उपमहानगरपालिका–५ बस्ने ६० वर्षीय बिर्ख बहादुर बिष्ट आइतबार मृत अवस्थामा फेला परेका छन्।
काठमाडौंको काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित निमार्णाधिन घरको पहिलो तल्लामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन्।
चितवनको कालिका नगरपालिका–६ खोलेसिमलमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।
झापाको दमक नगरपालिका–४ अर्नाखांडीस्थित सडक छेउमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
असोज १६, २०७९ आइतबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।