आमा र काकाको हत्या अभियोगमा २० वर्षीय युवा पक्राउ

आमा र काकाको हत्या अभियोगमा २० वर्षीय युवा पक्राउ

झापाः आफ्नै आमा र काकाको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

आमा ५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षीय सन्त बहादुर माझीको हत्या गरेको अभियोगमा कमल गाउँपालिका–२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

चन्द्रले खुकुरी प्रहार गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय, दमकले जनाएको छ।

प्रहरीले थप अनुसन्धानका लागि उनको बुवालाईसमेत नियन्त्रणमा लिएको छ।

असोज १६, २०७९ आइतबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।