खुकुरीले हानेर आमा र काकाको हत्या गरेको आरोपमा २० वर्षीय युवा पक्राउ

खुकुरीले हानेर आमा र काकाको हत्या गरेको आरोपमा २० वर्षीय युवा पक्राउ

झापा : आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझी पक्राउ परेका छन्।

५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षीय सन्त बहादुर माझीको हत्याको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

चन्द्रले खुकुरीले हानेर दुवै जनाको हत्या गरेको प्रहरीको दाबी छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानको लागि उनकै बुबालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।  

असोज १६, २०७९ आइतबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।