अर्घाखाँचीको पोखरीमा डुबेर २७ बाँदर मरे

काठमाडौं: अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेर २७ बाँदर मरेको अवस्थामा भेटिएका छन्। सिँचाई पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताए।
पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ।
पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ।
जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्त्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयका रोहवरमा व्यवस्थापन गरिएको छ।
असोज १६, २०७९ आइतबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।