चन्द्रबहादुरले खुकुरी हानेर आफ्नै आमा र काकाको हत्या गरे, भाग्दाभाग्दै पक्राउ

काठमाडौं: झापाको कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आफ्नै आमा र काकाको हत्या गरेका छन्। शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। हत्यापछि खुकुरी लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले बताए।
पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
असोज १६, २०७९ आइतबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।