बालकुमारी पुलमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

बालकुमारी पुलमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार
साङ्केतिक तस्बिर

काठमाडौं: काठमाडौंको कोटेश्वरस्थित बालकुमारी पुलमा हिजो साँझ जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृतक अन्दाजी २८ वर्षीय युवक रहेका छन्। उनको सनाखत हुन बाँकी रहेको छ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो। पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा१झ ८१७ नम्बरको जीपले ठक्कर दिएको हो।

फरार भएका जीप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।

असोज १६, २०७९ आइतबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।