दशैंको फूलपातीको मौसम: प्रदेश १, बागमती र गण्डकीमा वर्षा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
असोज १६, २०७९ आइतबार ०७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।