७० वर्षका ससुरालाई कुटेर मारेको आरोपमा बुहारी पक्राउ

७० वर्षका ससुरालाई कुटेर मारेको आरोपमा बुहारी पक्राउ

सुनसरी : दशैँमा कुटेर ससुराको हत्या गरेको आरोपमा ३५ वर्षकी गुड्डी मण्डल पक्राउ परेकी छिन्। शनिवार बिहान भोक्राहानरसिंह गाउँपालिका-६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको हत्या गरेको अभियोगमा मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

गुड्डीले कुटपिट गर्दा खटरको मृत्यु भएको सूचनाको आधारमा प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

असोज १५, २०७९ शनिबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।