बलात्कारको जाहेरी दिने प्रहरी कार्यालय पुगेकी महिला नै हिरासतमा !

बलात्कारको जाहेरी दिने प्रहरी कार्यालय पुगेकी महिला नै हिरासतमा !
सांकेतिक तस्बिर

भक्तपुर : बलात्कारको जाहेरी दिन प्रहरी कार्यालय पुगेकी युवती आफैँ प्रहरी हिरासतमा पुगेकी छिन्। अचेत बनाएर बलात्कार गरेको दाबी गर्दै जाहेरी दिन पुगेकी युवतीले झुटो जाहेरी दिएको आरोपमा प्रहरीले उनलाई नै अनुसन्धानका लागि पक्राउ गरेको हो। 

जिल्ला परिसर भक्तपुरका एसपी प्रजित केसीका अनुसार काठमाडौँको जडीबुटीमा बस्ने ३४ वर्षकी महिलाले भक्तपुरको लोकन्थलीमा एक युवकले अचेत बनाएर बलात्कार गरेको भन्दै प्रहरी वृत्त थिमीमा जाहेरी दिन पुगेकी थिइन्। 

प्रहरीले ती युवतीसँग घटनाबारे जानकारी लिँदा शङ्का लागेपछि घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान गर्दा युवकसँग महिलाले बलात्कारको आरोपमा जाहेरी दिन्छु भनेर बार्गेनिङ गरेको देखिएपछि प्रहरीले उनलाई कारबाहीका लागि हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ।

'बलात्कारको जाहेरी आएपछि गम्भीर अनुसन्धानका लागि हामीले घटनाबारे विस्तृत जानकारी लिने प्रयास गर्दा नै शङ्कास्पद देखियो,' एसपी केसीले भने' अनुसन्धान अगाडि बढाउँदा बार्गेनिङका लागि बलात्कारको जाहेरी दिने प्रयास भएको देखिएपछि महिलामाथि नै अनुसन्धान सुरु गरेका छौँ।'

असोज १५, २०७९ शनिबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।