पाँच दलीय गठबन्धनप्रति जसपा असन्तुष्ट, अन्य दलसँग तालमेल खुल्ला

पाँच दलीय गठबन्धनप्रति जसपा असन्तुष्ट, अन्य दलसँग तालमेल खुल्ला

काठमाडौँ :  जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनसँगै अन्य दलसँग समेत चुनावी तालमेल गर्ने बाटो खुलाएको छ। सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएपछि उसले अरू राजनीतिक दलहरूसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको हो।

पाँच दलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलबाट जसपा सन्तुष्ट छैन। उसको भागमा बढीमा १६ सिट देखिन्छ। शनिवार गठबन्धनमा जारी छलफलबारे पार्टी बैठकमा छलफल गर्दै अन्य दलसँग तालमेल खुल्ला गर्ने र त्यस्तै परे एकल निर्वाचनमा जाने निर्णय भएको पार्टी प्रवक्ता मनिष सुमनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

असोज १५, २०७९ शनिबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।