उकालोमा ब्याक गर्दा सल्यानमा जिप खस्यो, २ जनाको मृत्यु हुँदा १७ जना घाइते

उकालोमा ब्याक गर्दा सल्यानमा जिप खस्यो, २ जनाको मृत्यु हुँदा १७ जना घाइते

काठमाडौंः सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। 

कुमाख गाउँपालिका–७ जिमालीमा शनिबार विहान ६ः४० बजे रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोस खनालले उकेरालाई जानकारी दिए।

मृत्यु हुनेमा सोही वडाको डुमकोटका  ३९ वर्षीय  मानबहादुर पुन र १४ वर्षीया एनका पुनको रहेका छन्।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल खलंगा पठाइएको खनालले बताए।

उनीहरू शारदा नगरपालिका–११ स्थित खैराबाङ मन्दिर जाँदै थिए। उकालो बाटोमा ब्याक गर्ने क्रममा जिप सडकबाट झन्डै एक सय मिटर  तल खसेको खनालले जानकारी दिए।

असोज १५, २०७९ शनिबार ०९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।