पूर्वराजाप्रति डा. भट्टराईकाे टिप्पणी : पश्चगामी सल्बलाउन थाले, मिल्काएकाे संस्था फर्काउने हाेइन

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पश्चगामी शक्ति सल्बलाउन थालेको टिप्पणी गरेका छन्।
दशैंको शुभकामना दिने क्रममा शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्थाप्रति जनाएको असन्तुष्टिप्रति लक्ष्य गरी भट्टराईले युवा पुस्ता बेलेमै सतर्क रहनुपर्ने बताएका हुन्।
‘जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न विभिन्न रूप र रंगमा पश्चगामी शक्तिहरू सलबलाउन थाल्नु गम्भीर छ’, भट्टराईले ट्वीट गरेका छन्, ‘यसबारे युवा पुस्ता सतर्क रहन जरुरी छ।’
दल र नेता खराब भए अझै राम्रो दल र नेता छान्ने वा बनाउनुपर्ने भन्दै भट्टराईले इतिहासले मिल्काइसकेका संस्था वा व्यक्ति फर्काउन नहुने तर्क गरेका छन्।
असोज १५, २०७९ शनिबार ०८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।