अवरुद्ध गल्छी–त्रिशुली सडक खण्ड २८ घण्टापछि खुल्यो

अवरुद्ध गल्छी–त्रिशुली सडक खण्ड २८ घण्टापछि खुल्यो

नुवाकोट : सुख्खा पहिरो खसेपछि अवरुद्ध जिल्लाको गल्छी–त्रिशुली सडक खण्ड २८ घण्टापछि सुचारु भएको छ।

बेलकोटगढी नगरपालिका–७ बुधसिंहघाटमा बिहीबार दिउँसो ठूलो सुख्खा पहिरो खसेपछि अवरुद्ध सडक शुक्रबार राति पौने ९ बजेदेखि सुचारु भएको हो।

चारवटा डोजर प्रयोग गरेर अवरुद्ध सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

पहिरो गएदेखि नै डोजर ल्याएर निरन्तर काम गरिरहेको र अपरेटरको खाना खाने समय थप अपरेटरहरू ल्याएर बाटो खुलाइएको उनले बताए। 

सडक खुलाए पनि माथिबाट सुख्खा पहिरो खस्ने क्रम अझै पनि जारी नै छ। त्यस क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। 

असोज १४, २०७९ शुक्रबार २१:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।