प्रतिकिलाे ५ सय रूपैयाँकाे ३९ सय खसीबोका काठमाडौं पठाइयो

प्रतिकिलाे ५ सय रूपैयाँकाे ३९ सय खसीबोका काठमाडौं पठाइयो

सुर्खेत : बडादशैंका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका काठमाडौं पठाइएको छ।

सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका तीन हजार ९५८ वटा खसी काठमाडौं पठाइएको हो।

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेलामहिलाले उत्पादन गरेका खसीबोका काठमाडौं पठाइएको स्थानीय पदमबहादुर दर्लामीले जानकारी दिए।

उनीहरूले खसीको न्यूनतम मूल्यसमेत निर्धारण गरेर मात्रै खसी पठाएका हुन्। सुर्खेतमा जिउँदो खसी प्रतिकिलो ५ सय देखि ५ सय ३० रूपैयाँ तोकिएको छ।

असोज १४, २०७९ शुक्रबार १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।