स्वास्थ्य मन्त्रीसँग भेटेर मिलन पाण्डेले दिए डेंगु नियन्त्रण गर्ने तीन सुझाव

काठमाडाैं : विवेकशीलका नेता मिलन पाण्डेले डेंगु नियन्त्रणमा थप सक्रिय हुन सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भवानी प्रसाद खापुङसँग करिब एक घण्टाकाे छलफलमा पाण्डेले नागरिकको अवस्था तथ्याङ्कभन्दा भयावह रहेको बताए।
पाण्डेले आफू पुगेको अस्पतालहरूको अवस्थाको बारेमा समेत मन्त्रीलाई जानकारी गराउँदै तीनबुँदे सुझावसमेत दिएका छन्।
उनले स्थानीय तहसँग मिलेर सचेतनाको कार्यक्रम गर्न, लामखुट्टेको चेन ब्रेक गर्न काम गर्न, सिटामोलको अभाव र वितरणमा मन्त्रालयले चासो लिन र डेंगु सङ्क्रमित बिरामीका लागि चाहिने औषधि र स्वास्थ्य संस्थाहरूमा बेड थप गर्न आवश्यक पहल गर्नसमेत आग्रह गरेका छन्।
जवाफमा मन्त्री खापुङले आफूहरूले सक्दो काम गरिरहेको बताएका थिए।
असोज १४, २०७९ शुक्रबार १९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।